जोरायलमा कोल्ड च्याम्बर निर्माण : कृषि भण्डारणमा किसानलाई सहज

बैतडी : डोटीको जोरायलमा कोल्ड च्याम्बर निर्माण भएको छ । गाउँपालिकाको –६ निरौली खसरेमा संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गत २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको कोल्ड च्याम्बरको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।

वडा नं-६ का अध्यक्ष गणेश बहादुर बोहराको अध्यक्षता, गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष जमुना बोहराको विशिष्ट आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा व्यवस्थापन विभाग प्रमुख डा घनश्याम भट्ट, बडीकेदार गाउँपालिका–१ का अध्यक्ष डम्बर बोहरा, जनप्रतिनिधि, कर्मचारी,हरुको समेत उपस्थिति रहेको थियो।

Seti Hospital

कोल्ड च्याम्बरको सञ्चालनले किसानहरूलाई आफ्ना उत्पादन सुरक्षित राख्न सक्ने वातावरण बनाउने र कृषि उपजमा मूल्यवृद्धि तथा ह्रास न्यूनीकरणमा सहयोग पुग्ने गाृँउ पािलका अध्यक्ष दर्गा दत्त ओझाले बताए।

यस्तै गाउँपालिका उपाध्यक्ष जमुना बोहराले गाउँपालिकाको पहलमा स्थापना भएको कोल्ड च्याम्बरले स्थानीय कृषि प्रणालीमा नवीन ऊर्जा थप्ने र महिला सहित कृषिमा संलग्न सबै वर्गलाई प्रत्यक्ष लाभ मिल्ने बताए।

कार्यक्रमका सभापति वडा अध्यक्ष गणेशबहादुर बोहराले वडावासीको दीर्घकालीन माग अनुसार कृषि पूर्वाधार निर्माण गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसको उचित प्रयोग र संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार