इरानमा लाइभ कार्यक्रम चलिरहेको बेला टिभी च्यानलको भवनमा हानियो बम

एजेन्सी : इजरायलले इरानी राष्ट्रिय प्रसारण माध्यम (आईआईआरबी) मा प्रत्यक्ष प्रसारण भइरहेका बेला बम विस्फोट गराएको छ ।

यो हमला इजरायली सेनाले आईआईआरबी मुख्यालय समेत रहेको तेहरानको ‘जिल्ला तीन’मा आक्रमण गर्ने धम्की दिएको केही समयपछि भएको हो । इजरायली रक्षामन्त्री इस्रायल क्याट्सले इरानी प्रचार र प्रोपोगान्डा मुखपत्रको नामोनिसान मेटाउने बताएका थिए ।

Seti Hospital

प्रत्यक्ष प्रसारणमा धुवाँ र भग्नावशेष देखिएपछि टीभी एंकर सहार एमामीले मातृभूमि र सत्यविरुद्धको आक्रमण भन्दै यसलाई निन्दा गरेकी थिइन् ।

उनी बम विस्फोटबाट बच्न सफल भइन्। घटनाको भिडियो पनि सार्वजनिक भएको थियो, जसमा प्रस्तोता स्टुडियोबाट भागिरहेको देखिन्थ्यो।

उनको पछाडिको स्क्रिन कालो भयो। स्टुडियो फोहोर र धुवाँले भरिएको थियो। एक जना मानिसले अल्लाहु अकबर भन्दै गरेको सुनिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार