धनगढी : डडेल्धुराबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
अवैध रूपमा साल जातको काठ चिरानी मुद्दामा २० दिन कैद सजाय र ३० हजार ४३० रुपैयाँ जरिवाना तोकिएका डडेल्धुराको आलिताल गाउँपालिका – ८ का ४० वर्षीय कमल थापामगर पक्राउ परेका हुन ।
उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले वडा कार्यालय नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्