धनगढीको सेती अस्पतालमा पहिलोपटक निःसन्तान उपचार केन्द्र सञ्चालनमा

धनगढी : सुदूरपश्चिमको रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालले पहिलोपटक निःसन्तान उपचार केन्द्र स्थापना गरेको छ ।
अस्पतालले प्रदेशमै पहिलो पटक सो केन्द्र स्थापना गरेर सेवा समेत सञ्चालनमा ल्याएको हो । उक्त उपचार केन्द्रको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले शुक्रबार उद्घाटन गरेका छन् ।

सेवाको अभावका कारण निःसन्तान दम्पतीहरू उपचारका लागि काठमाडौं तथा भारत जाने बाध्यताको अन्त्य गर्दै सहज र सुलम रूपमा धनगढीमै सेवा लिन सकिने वातावरण तयार गरिएको बताईएको छ । केन्द्रको उद्घाटन गर्दै मेसु पाण्डेले संघीय र प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको बताए । उनले गत वर्ष नै निःसन्तान उपचार केन्द्र सञ्चालन गर्ने तयारी भएपनि केही प्राविधिक समस्याले हुन नसकेको बताए ।

Seti Hospital

उक्त सेवा अन्तरगत पुरूष र महिलाको समान्य स्तरको प्रजनन सम्बन्धि परीक्षण र परामर्श, पुरूषको विर्य विश्लेषण तथा तयारी, सस्तो, सुलभ, सहज र गोपनिय रूपमा सेवा प्राप्त गर्न सकिने अस्पतालले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार