संविधान र विधान मिच्ने प्रवृत्तिले लोकतन्त्र र पार्टीलाई कमजोर बनाउँछ : नेता महर

धनगढी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्र र पार्टीभित्र गरिने पदाधिकारी बैठकमाथि प्रश्न उठाएका हुन् ।

‘संविधानले नचिनेको संयन्त्रले सरकारलाई निर्देशित गर्ने र विधानले नचिनेको पदाधिकारी बैठकले समग्र पार्टीलाई चलाउन खोज्ने प्रवृत्ति हाबी भएको छ,’ उनले भने, ‘यस्तो अभ्यासले देशमा विधिको शासन र पार्टीमा आन्तरिक लोकतन्त्र दुवैलाई ठाडो चुनौती दिएको छ। यो गलत छ र यसलाई रोक्नुपर्छ ।’

महरले विगत १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेको प्रसंग उठाउँदै पार्टीको सर्वोच्च निकाय केन्द्रीय समितिलाई निष्क्रिय बनाएर केही सीमित शिर्ष पदाधिकारीको तजबिजमा पार्टी चलाउन खोजिएको बताए ।

केन्द्रीय सदस्य महरले आगमी महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार भएर निर्वाचित हुने दाबी गरे । ‘मैले ०७९ सालमै महामन्त्री लड्ने घोषणा गरिसकेको छु,’ उनले भने, ‘त्यसपछि ७४ जिल्ला पुगिसकेको छु । सबैले महामन्त्रीमा लड्न सुझाउनुभएको छ । मेरो ध्यान पनि त्यसतर्फ नै केन्द्रित छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार