भारत मध्य प्रदेश, इन्दोरका राजा रघुवंशीको हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ। सोनम रघुवंशी र उनको बुबाको कम्पनीमा काम गर्ने राज कुशवाहा यो घटनामा जोडिएका छन्। सोनम रघुवंशी र राज कुशवाहाबिच प्रेम सम्बन्ध रहेको पाइएको छ।
उनीहरूले नै मिलेर सोनमका पति राजा रघुवंशीको हत्या गर्ने योजना बनाएका थिए। सोमबार प्रहरीले यसबारे जानकारी गराउँदै सोनमसहित चार जनालाई पक्राउ गरेको जानकारी दिएको छ। प्रहरीका अनुसार अनुसन्धान जारी छ।
सोनम र राज कुशवाहा उनको बुबाको अभ्रक कम्पनीमा काम गर्थे। सोनम मानव संसाधन (एचआर) प्रमुख थिइन् भने राज प्रबन्धक थिए। यहीँ उनीहरूको प्रेम सम्बन्ध सुरु भयो। पछि राजले नै सोनमसहित आफ्ना साथीहरूसँग मिलेर राजाको हत्या मेघालयको शिलोङमा गरेको प्रहरीको दाबी छ।
सोनम र राजा विवाहपछि हनिमुनमा शिलोङ गएका थिए। त्यहाँबाट राजा एकाएक बेपत्ता भए। अनुसन्धानपछि उनको हत्या भएको खुल्यो। प्रहरी अनुसन्धानले सोनम र राजको प्रेम सम्बन्ध र हत्याको योजनाबारे नयाँ खुलासा गरेको हो। सोनमको प्लाइउड व्यवसाय पनि छ, जहाँ राज बिलिङको काम गर्थे। राजासँग सोनमको विवाह मे ११ मा भएको थियो।
प्रतिक्रिया दनुहोस्