भारतमा कोरोना सङक्रमण फैलिरहेका बेला सीमानाका झुलाघाट स्वास्थ्य केन्द्रमा कोरोना परीक्षण गर्ने किट अभाव भएको छ । नाकामा होल्डिङ सेन्टरसमेत छैन । त्यसमाथि जनशक्ति र उपकरण अभाव हुँदा थप समस्या सिर्जना भएको छ । सङ्घीय सरकार मातहत रहने गरेर गएको कोरोना सङ्क्रमणका बेला स्थापना भएको झुलाघाट स्वास्थ्य केन्द्र भाडाको घरमा सञ्चालित छ ।
दुई जना ल्याब असिस्टेन्ट र एक जना सहयोगी कर्मचारीको भरमा चलेको स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी बस्ने कोठा नहुँदा डेरामा बस्दै आएका छन् । झुलाघाट नाकाबाट दैनिक दुई सय मानिसको आवतजावत हुने भए पनि स्वास्थ्य केन्द्रमा अहिले ७५ वटा किट मात्रै रहेको ल्याब असिस्टेन्ट राजेन्द्र लोहारले बताए ।
उनले उपलब्ध किट पनि गएको कोरोनाका बेला बचेका किट दराजमा रहेको बताए । भारतमा कोरोना सङक्रमण फैलिए पनि शङ्कास्पद व्यक्तिको मात्रै कोरोना परीक्षण गर्ने तयारी भएको उनको भनाई छ । झुलाघाट नाकाबाट बैतडी, बझाङ, बाजुरा, डोटी र हुम्ला जुम्लासम्मका नेपाली ओहोरदोहोर गर्ने भएकाले सङक्रमित फेला परे पनि होल्डिङ सेन्टर नभएको ल्याब असिस्टेन्ट लोहारले बताए ।
आफू ल्याब असिस्टेन्ट भए पनि ल्याब नभएकाले स्वाब परीक्षण गर्न जिल्ला अस्पताल पठाउँदा सङक्रमितलाई सुरक्षित बसाल्ने ठाउँ नभएको उनको भनाई छ ।
।
।
प्रतिक्रिया दनुहोस्