धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तराज जोशी

धनगढी । धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१३ मोहनपुरस्थित धनगढी-अत्तरिया सडकखण्डमा आइतबार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुपप्र०१०१२प ४६४८ नम्बरको स्कुटर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


SHIKHAR COOL TECH

दुर्घटनामा स्कुटर चालक धनगढी(७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० राजकुमार सिंहले पुष्टि गरे । उनका अनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो।

टाउकोमा गम्भीर चोट लागेकाले उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषित गरेको सिंहले बताए । उनकाअनुसार स्कुटर पछाडि सवार धनगढी(१२ बस्ने ३२ वर्षीया सीता कुस्मी घाइते भएकी छन् । उनको पनि माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार