धनगढी । धनगढी उपमहानगरपालिका र नागरिक समाजबीचको ठूलो विवाद र रस्साकस्सीकै बीच सुरु भएको धनगढीको दशरथ बनस्पती उद्यान निर्माणको काम धमाधम अघि बढेको छ ।
धनगढी उपमहानगरपालिका १ मा उक्त पार्क निर्माणको काम भइरहेको हो । उक्त पार्क निर्माणको काम सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले अघि बढाएको हो ।
पार्क निर्माणको पहिलो चरणमा ब्लक १ देखि ७ सम्मको निर्माणकार्य भइरहेको छ । हाल पार्कमा व्यापारिक सटर बनाउने काम भइरहेको छ । चरणको काम पूरा गर्न ६ करोड ४६ लाख ९९ हजार रुपैयाँमा ठैक्का सम्झौता भएको बताइएको छ । उपमहानगरपालिकाका अनुसार पार्कलाई बच्चा, वयस्क, वृद्ध र व्यवसायिक गरी चार भागमा विभाजन गरिनेछ ।

पार्कमा हरियालीसहित व्यवसायिक कम्प्लेक्ससमेत निर्माण गरिनेछ । हाल पार्क निर्माणको काम तीव्र गतिमा भइरहेको छ । पार्क निर्माणको सुरुवातमा निकै विरोध र विवाद भए पनि हाल भने पार्ककको विवाद शून्यजस्तै छ । निर्माण भइरहेको पार्क फोटो फिचरमा हेर्नुहोस्ः




प्रतिक्रिया दनुहोस्