बेहडाबाबा दर्शन गर्न सुन्दर सुदुरपश्चिम यातायातको निःशुल्क बस सेवा

धनगढी । गंगा दशहरामा सुन्दर सुदूरपश्चिम यातायातले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सुन्दर सुदूरपश्चिम यातायातले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म निःशुल्क बससेवा सञ्चालन गर्ने भएको हो ।

निःशुल्क बस सेवा धनगढीको क्याम्पस रोडदेखि बेहडाबाबा मन्दिरसम्म सञ्चालन हुनेछन् ।

Seti Hospital

मेला अवधिभर सुन्दर सुदूरपश्चिम यातायातका दुई वटा बस सञ्चालन गरिने सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताएका छन् । उनले बेहडाबाबा दर्शनका लागि दर्शनार्थीको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको बताएका छन् ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिले विगतका वर्षहरुमा पनि निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा गर्दै आएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिले बेहडाबाबा दर्शन गर्न जाने श्रद्धालुको सहजताका लागि बस सेवा सञ्चालन गर्न लागेको अध्यक्ष सापकोटाले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार