धनगढी । बेहडाबाबा माद्यामिक विध्यालयको अभिभावक भेला सम्पन्न भएको छ । शैक्षिक सत्र २०८२ मा विद्यालयले पहिलो अभिभावक भेला सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिनारायण थारुको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना प्रमुख अतिथि थिइन् । कार्यक्रममा करिब ३ सय अभिभावक र ४ सय बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा शैक्षिकसत्र २०८१ को समीक्षा गर्दै शैक्षिकसत्र २०८२ को योजना प्रस्तुत गरिएको थियो । त्यस्तै उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो भने कक्षा ८ मा सफल विद्यार्थी र उनीहरुका अभिभाकलाई समेत सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा १ सय ४ जना नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो । कार्यक्रममा कक्षा ८ मा सतप्रतिशत नतिजा दिन सफल नेपाली विषय शिक्षक पदम बहादुर साउँदलाई २ हजार रुपैयाँसहित सम्मान गरिएका थियो । अर्कोतर्फ कार्यक्रममै शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेन्डर वितरण समेत गरिएको थियो ।

अर्कोतर्फ स्थानीय वन समिति, सहकारी संस्था, सामुदायिक संघसंस्थालाई आँपका बोट दिएर सम्मान गरिएको थियो भने कार्यक्रममा बालकालिका तथा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती दिएका थिए । यस्र्त कार्यक्रममा विद्यालयका प्रअ भोजराज शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समाजसेवी तथा वाल्मीकि ईन्टरनेसनल स्कुलका अध्यक्ष दिनेश भण्डारी, नागरिक अगुवा प्रमोद पाठक, पुर्व विव्यस अध्यक्ष दरवारी राना, समाजसेवी भागीराम चौधरी,हनुमान चौधरी, राम बहादुर बुडथापा, वडाअध्यक्ष रामलाल चौधरीले आफ्नो भनाई राखेका थिए । कार्यक्रम शिक्षकद्वय डण्डीराज जोशी र गणेश बहादुर धामीले सञ्चालन गरेका थिए । कार्यक्रममा मन्तव्यका क्रममा विद्यालयको प्रगतिप्रति सबैले गर्व गर्नुका साथै आगामी दिनमा थप राम्रो गर्न शुभकामना दिएका थिए ।
प्रतिक्रिया दनुहोस्