अत्तरियाको डीडीसीमा लागेको ताला अझैं खुलेन, आज हाकिमलाई अफिस आउनै रोक

अत्तरिया –  कैलालीको अत्तरियामा रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) को कार्यालयमा गरिएको तालाबन्दी यथावत् रहेको छ । बिहीबार डीडीसी धनगढी सार्न लागिएको भन्दै स्थानीयले डीडीसी कार्यालयमा तालाबन्दी गरेका थिए ।

डीडीसीलाई अत्तरियामै रोक्न गठन गरिएको दुग्ध विकास संस्थान संरक्षण सङ्घर्ष समितिले आज कार्यालय प्रमुख निरञ्जन भट्टराइलाई कार्यालय प्रवेशमा रोक लगाउने जनाएको छ । सङ्घर्ष समितिका सचिव विक्रम विष्टले विरोधका कार्यक्रम अन्तरगत आज (आइतबार) कार्यालय प्रमुखलाई कार्यालय प्रवेश निषेध कार्यक्रम राखिएको बताए ।

Seti Hospital

यसअघि डीडीसी धनगढी सार्ने सम्झौता गरे पनि कागजात नदेखाएको भन्दै स्थानीयले शुक्रवार कार्यालय प्रमुख भट्टराइलाई एक घण्टा कार्यकक्षमै थुनेका थिए । त्यसपछि गरिएको तालाबन्दी हाल सम्म पनि यथावत् रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार