दमौलीको मादी पुलबाट जिप खस्यो, तीन जनाको मृ*त्यु

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीमा जिप दुर्घटना हुँदा तीन जनाको मृ*त्यु भएको छ । शनिबार राति करिब साढे ११ बजे उक्त जिप दुर्घटनामा परेको हो ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको उक्त जिप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Seti Hospital

मुत्यु हुनेमा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् ।

घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ । त्यस्तै, चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिपमा पाँच जना यात्रु सवार थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार