अत्तरिया – सुदूरपश्चिममा सडक दुर्घटनामा सबैभन्दा धेरै मुत्यु हुने प्रमुख कारण मोटरसाइकल बनेको छ । अन्य सवारीसाधनको तुलनामा प्रदेशमा ४७ प्रतिशत मुत्युको कारण मोटरसाइकल बनेको हो ।
पछिल्ला २१ महिना (आर्थिक वर्ष ०८०/०८१ देखि ०८१/०८२ चैतसम्म) को अवधिमा सुदूरपश्चिममा ८६६ सावारी दुर्घटनामा २ सय ९३ जनाको मृत्यु (पुरुष २३८ महिला ५५) भएकोमा १ सय ३७ (पुरुष १२३, महिला १४) जनाको मृत्युको कारण मोटरसाइकल बनेको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
सो अवधिमा कुल १ हजार ९१६ (पुरुष १४३३, महिला ४८३) घाइते भएकोमा मोटरसाइकल दुर्घटनामा मात्रै घाइते हुनेको संंख्या १ हजार ६१ (पुरुष ८४३, महिला २१८) रहेको छ ।
ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार मृत्यु हुनेमा २५ वर्षमाथि उमेर समूहका २ सय ४ जना रहेका छन । यो अवधिमा २५ वर्षमाथिको उमेर समूहका ८ सय ३२ जना घाइते भएका छन ।
सडक दुर्घटनामा १६ देखि २५ वर्ष उमेर समूहका ६५ जनाले ज्यान गुमाएका छन भने ४ सय ६९ जना घाइते भएका छन ।
यस्तै, ६ देखि १६ वर्ष उमेर समूहमा ११ जनाको मृत्यु भएको छ भने १ सय ४ जना घाइते भएका छन । सडक दुर्घटनामा यो अवधिमा १३ नाबालकको मृत्यु भएको छ ।
प्रतिक्रिया दनुहोस्