अव एक घण्टाभित्रै श्रम स्वीकृति

काठमाडौँ। वैदेशिक रोजगार विभागले अबको तीन÷चार दिनमा एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी तयारी गरेको छ । विभागले शुव्रmबार पत्रकार सम्मेलनमार्फत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणालीमा सुधार गरी एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी तयारी गरेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले एक साताअघिसम्म एक व्यक्तिले श्रम स्वीकृति लिन आठ-१० दिन लाग्ने गरेकामा अहिले तीन दिनमा झारेको र अबको तीन÷चार एक घण्टा गर्ने तयारी गरेको जानकारी दिनुभयो । 

वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । प्रणालीमा समय समयमा समस्या आउने गरेपछि श्रमिकहरू समस्यामा पर्ने गरेका छन् ।  वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थागत उजुरी फस्र्याट, राहत तथा उद्धार र क्षतिपूर्ति समयानुकूल छुट्टै निर्देशिका÷कार्यविधि तर्जुमा गरी लागुु गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

Seti Hospital

विश्वको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार हुने उहाँको भनाइ छ ।  महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित, मर्यादित र समयानुकूल बनाउने गरी विभागका उपमहानिर्देशकको संयोजकत्वको पाँच सदस्य समिति गठन गरी काम अध्ययन भइरहेको जानकारी दिनुुभयो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार