कैलालीमा एक्कासी हावाहुरी , रुख भाँचिदा राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख भण्डारी घाइते

धनगढी : शुक्रबार बिहान आएको हावाहुरीका कारण राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारी घाइते भएका छन्।
शुक्रबार बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको रुख भाचिएर लाग्दा भण्डारी घाइते भएका हुन्।
भण्डारीको टाउकोमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ। घोडाघोडी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भण्डारीलाई धनगढी स्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार