मोटरसाइकलको ठक्करबाट घाइते भएकी हरुसाउँदको मृत्यु

बैतडी : मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बैतडीकी ३० बर्षीया हरु साउँदको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–४ कुङेफाँटा घर भएकी साउँदलाई कैलालीको अत्तरीयमा वैशाख २३ गते मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी साउँदको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको स्थानीय दशरथ चाडले बताए ।

बच्चाहरुलाई पढाउनका लागि यही वैशाख २३ गते घरबाट अत्तरीया गएकी साउँदलाई सोही दिन साँझ मोटरसाइकलले ठक्कर दिएको थियो । मृतक साउँदका दुई छोरा रहेका छन् । मृतक साउँदका श्रीमान हिक्मत साउँद रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका र आइतबार मात्रै नेपाल आइपुगेका चाडले बताए ।

Seti Hospital

साउँदलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो । बालबच्चा पढाउनका लागि अत्तरीया पुगेकी साउँदको निधन भएपछि घरपरिवारको विचल्ली भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार