कैलालीमा मोटरसाइकल दुर्घटनामा लम्कीचुहाका वृद्धको ज्या*न गयाे !

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटनामा लम्कीचुहाका वृद्धको ज्या*न गएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–१ स्थित लम्की बहुमुखी क्याम्पस नजिकै आइतबार राति भएको दुर्घटनामा लम्कीचुहा–२ निवासी ६५ वर्षीय लक्षीराम रिमालको मृत्यु भएको हो।

Galaxy

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार रिमालले चलाएको से ७ प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रोकिराखिएको से १ त ९६२३ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएको थियो।

गम्भीर घाइते भएका रिमाललाई तत्कालै लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा राति सवा ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार