विपिन जोशी जीवित रहेको प्रमाण भेटिएन :इजरायली सञ्चार माध्यम

धनगढी : इजरायल-हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका छन्। उनीहरूले विपिन जीवितै रहेको प्रमाण नभेटिएको भन्दै आशंका व्यक्त गरेको द टाईम्स अफ इजरायलमा प्रकाशित समाचारमा उल्लेख छ।

‘युद्ध सुरु भएको केही समयपछिदेखि तीन जना बन्धकहरू जीवित भएको कुनै संकेत प्राप्त भएको छैन,’ समाचारका अनुसार एक अधिकारीले भनेका छन्, ‘दुई जना विदेशी नागरिक हुन् र एक जना इजरायली हुन्।’

SHIKHAR COOL TECH

ती अधिकारीकान अनुसार जीवितको कुनै संकेत नपाएको भए पनि यी दुई विदेशी बन्धकहरूलाई आधिकारिक रूपमा मृत घोषित भने गरिएको छैन। यसरी जीवितै रहेको प्रमाण नभेटिनेमा नेपालका विपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ रहेको समाचारमा भनिएको छ।

बुधबार) मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको बताउँदै तीन जना बन्धक जीवितै रहेकोमा आशंका रहेको जानकारी दिएका थिए।

यी तीन जना जिवित भएको प्रमाण नभेटिएको कुराको जानकारी उनीहरूका परिवारलाई पनि जानकारी गराइएको टाईम्स अफ इजरायलले लेखेको छ।

‘बन्धक बनाइएका परिवारहरूलाई उनीहरूका प्रियजनहरूको अवस्थाको बारेमा निरन्तर र पूर्ण रूपमा अद्यावधिक गरिन्छ,’ अधिकारी भन्छन्, ‘सबै महत्वपूर्ण जानकारीहरू बन्धक बनाइएका परिवारहरूलाई पुर्‍याइन्छ।’
‘इजरायली बन्धकहरूको परिवारलाई जसरी सहयोग गरिन्छ, त्यसरी नै उनीहरूका परिवारहरूलाई इजरायलले सहयोग गर्छ,’ उनले भने।

हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको छ। यीमध्ये ३५ जनाको मृत्यु भइसकेको छ, जसमा तीन जना  विदेशी नागरिक रहेको समाचारमा उल्लेख छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार