स्वतन्त्र शैक्षिक परामर्श संघको कार्यकारी सदस्यमा बैतडीका रिजन मडैको उम्मेदवारी

बैतडी : स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को आगामी कार्यकारी समितिको निर्वाचनमा बैतडीका रिजन मडैले कार्यकारी सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। बैतडीको सुर्नया गाउँपालिका–५ निवासी मडै हाल काठमाडौंस्थित डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्।

मडैले वैशाख २७ गते हुने फेकनको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन्। उनले संघमा आवद्ध सदस्यहरूको हकहित संरक्षण, व्यवसायिक क्षमता अभिवृद्धि, नीति निर्माण तहमा देखिएका समस्याको समाधान तथा नेपाललाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्न संघमार्फत पहल गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।

Seti Hospital

“स्वतन्त्र शैक्षिक परामर्श संघमा आवद्ध सदस्यहरूको हकहितका लागि आवाज उठाउन र व्यवसायिक क्षमता बढाउनका लागि मैले उम्मेदवारी दिएको हुँ,” मडैले भने, “सदस्यहरूको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने छु।”

उनले नीति निर्माण तहमा भोगिरहेका समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन्। यस्तै, नेपालबाट मात्रै नभएर विदेशबाट पनि विद्यार्थीहरू अध्ययनका लागि आउने वातावरण सिर्जना गर्न संघमार्फत काम गर्ने उनले बताए। “अहिले संघको सदस्य छु, यो निर्वाचनमा कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएको छु, सबै सदस्यहरूलाई सहयोगका लागि अनुरोध गर्दछु,” उनले भने।

फेकनको निर्वाचनमा कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएका मडैले संघको नेतृत्वमा आएपछि सदस्यहरूको हकहित र व्यवसायिक क्षमता अभिवृद्धिमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार