भारत र पाकिस्तानबीच जारी संघर्षमा अमेरिका कसैको पक्षमा पनि नलाग्ने भएको छ । पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच चुलिएको तनावमा अमेरिकाले कसको पक्ष लिनेछ भन्ने विषयलाई चासोका साथ हेरिएको थियो ।
यी दुई देशको संघर्षमा अमेरिका कसैको पक्षमा पनि नलाग्ने अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्तता गर्न सक्ने बताएका थिए ।
फक्स न्युजसँगको अन्तर्वार्तामा भेन्सले भनेका छन्, ‘हामीले गन सक्ने भनेको तनाव कम गर्नका लागि दुवै देशलाई प्रोत्साहित गर्ने हो । तर, मूल रूपमा हामी युद्धमा सामेल हुन जाँदैनौँ । यो हाम्रो काम होइन ।’
यद्यपि, यी दुई देशबीचको तनाव कम गर्नका लागि अमेरिकाले कूटनीतिक प्रयास भने जारी राख्ने भेन्सले बताए । भारत र पाकिस्तानबीचको यो तनाव व्यापक क्षेत्रीय युद्ध या परमाणु संघर्षमा नपुग्नेमा आव आशावादी रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दनुहोस्