बैतडीको ग्वाल्लेक धाम नजिकै संस्कृत गुरुकुल सञ्चालन

बैतडी : बैतडीको प्रसिद्ध धार्मिक स्थल ग्वाल्लेक धाम नजिकै रहेको शिवस्थलीमा ‘श्री शिवशक्ति वेद–वेदाङ्ग संस्कृत गुरुकुलम्’ सञ्चालनमा ल्याइएको छ। दशरथचन्द नगरपालिका वडा नं. २ अन्तर्गत रहेको यस गुरुकुलको उद्घाटन आज अक्षय तृतीयाको अवसर पारेर गरिएको छ ।

गुरुकुल स्थापना कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने स्थानीय समाजसेवी शंकर बोहराले गुरुकुल सञ्चालनका लागि आवश्यक जग्गा दान गरेका हुन्। गुरुकुल संस्थाका संरक्षक तथा निङ्गलाशैनी भगवती मन्दिरका पूजारी लोकराज भट्टले सो जानकारी दिएका छन्।

Galaxy

गुरुकुलको उद्घाटन कार्यक्रम शंकर बोहराको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दलगायत स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको उपस्थिति थियो।

सनातन परम्पराको संरक्षण र संस्कृत शिक्षाको विस्तार गर्ने उद्देश्यले गुरुकुल सञ्चालनमा ल्याइएको आयोजकहरूले बताएका छन्। साथै, यस संस्थाले सुयोग्य, धार्मिक र नैतिक मूल्यमान्यता भएका नागरिक उत्पादन गर्ने लक्ष्य लिएको छ।

गुरुकुलका प्रमुख संरक्षक लवदेव पाण्डेय छन् भने लोकराज भट्ट र सुशील पाण्डेय संरक्षकका रूपमा रहेका छन्। हाल केही बालबालिकाहरू गुरुकुलमा भर्ना भइसकेका छन्। उनीहरूको पठनपाठनका लागि देवघाट धामबाट विशेष प्रशिक्षकहरू ल्याइएको पूजारी भट्टले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार