शिक्षक आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगे माधव नेपाल

काठमाडौं : २७ दिनसम्म आन्दोलनरत रहँदा समेत माग पूरा नभएपछि शिक्षकहरुले आज पनि आन्दोलन गरिरहेका छन् ।

सोमबारको आन्दोलनमा पूर्व प्रधानमन्त्री समेत रहेका विपक्षी दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुगेका छन् ।

Seti Hospital

केहीबेरअघि पूर्वप्रधानमन्त्री नेपाल माइतीघर बानेश्वर एरिया पुगेर शिक्षकहरुको मागप्रति ऐक्यबद्धता जनाएका हुन् । सो क्रममा उनले शिक्षक महासंघका प्रतिनिधिसँग भेटघाट समेत गरे । उनले यसअघि नै शिक्षकहरुका जायज माग पूरा नभए आन्दोलनले कडा रुप लिने चेतावनी समेत दिएका थिए ।

आन्दोलनमा ऐक्यबद्धता जनाउन पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसहित अन्य नेताहरु समेत पुगेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार