धनगढी : सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा वायु प्रदुषण बढ्न थालेकाे छ ।
शुक्रबार बिहान धनगढीकाे वायु प्रदुषणकाे मात्रा १७६ एक्युआई मापन गरिएकाे छ । एयर क्वालीटी इन्डेक्सकाअनुसार बिहान ६ बजेर ४५ मिनेटमा धनगढीकाे वायुकाे गुणस्तर १७६ एक्युआई मापन गरिएको छ ।
याे सबै उमेर समूहका लागि अस्वस्थकर हावा मानिन्छ । धनगढीपछि कञ्चनपुरकाे महेन्द्रनगरमा पनि प्रदुषण बढ्न थालेकाे छ । महेन्द्रनगरकाे हावाकाे गुणस्तरकाे मात्रा १०७ एक्युआई मापन गरिएकाे छ ।
याे संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ ।
प्रतिक्रिया दनुहोस्