तोकिएको मितिमै कक्षा १२ को परीक्षा हुने

काठमाडौँ : काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले उत्पन्न भएको अन्योलताबीच कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन गर्ने निर्णय गरेको हो ।

Seti Hospital

मंगलबार बिहान बसेको बोर्ड बैठकले परीक्षा सार्ने कुनै योजना नभएको स्पष्ट गर्दै सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र तोकिएका विद्यालयहरूलाई तयारी गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा स्थगित हुने भन्ने आशंका निराधार भएको उल्लेख गर्दै, सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिए । आन्दोलनको प्रभावका बाबजुद पनि विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै परीक्षा तोकिएको मितिमै सञ्चालन गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

यसअघि भएका सहमतिहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षमा सहभागी नहुने निर्णय नै गरेका थिए । माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने उनीहरुको अडान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार