गाजामा इजरायलको आक्रमण, कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी : इजरायलले बिहिवार  विस्थापित प्यालेस्टिनीहरूका शिविर लक्षित गरी गरेको आक्रमणमा परी कम्तिमा २५ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले रिपोर्ट गरेको छ। 

एजेन्सीका प्रवक्ता महमुद बासलले दक्षिणी सहर खान युनूसको अल–मवासी क्षेत्रका  शिविरहरुलाई लक्षित गरी गरिएको आक्रमणमा १६ जनाको मृत्यु भएको बताए।

Seti Hospital

खान युनूसको अल–मवासी क्षेत्रमा विस्थापित परिवारहरू बस्ने शिविरहरुमा इजरायली मिसाइल प्रहार हुदाँ अधिकांश महिला र बालबालिका सहित कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएको प्रवक्ता बासलले बताए छ। 

 उनका अनुसार विस्थापित मानिसहरूको अन्य शिविरहरूमा भएको आक्रमणमा परी  आठ जनाको ज्यान गएको् र अन्य घाइते भएका छन्। उत्तरी सहर बेत लाहिया स्थित शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको तथा अल–मवासी क्षेत्र नजिकै भएको आक्रमणमा उक्त शिविरमा बस्दै आएका बुबा र बच्चाको मृत्यु भएको बासलले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार