अछाम : अछाममा टाउको नभएको अवस्थामा महिलाको शव फेला परेको छ।
जिल्लाको ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रवार एक महिलाको टाउको नभएको अवस्थामा बेवारिसे शव फेला परेको हो। स्थानीयको सूचना अनुसार प्रहरी शवको पहिचान र अनुसन्धानका लागि प्रहरी टोली खटाइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए।
“शव सडिसकेको अवस्थामा छ, स्थानीय प्रहरी त्यहाँ प्रहरी पुगिसकेको छ, थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा अर्को टोली पठाएका छौँ,” प्रमुख भण्डारीले भने। टाउको नभएकोले घटना शङ्कास्पद हुनसक्ने भन्दै अछाम प्रहरीले घटानालाई गम्भीर रूपमा लिएको बताएको छ। शव सडेको अवस्थामा रहेको बताइएको छ।
प्रतिक्रिया दनुहोस्