राजा फर्काउने सपना देख्नु र बिरेन्द्रको बशं फर्काउँछु भन्नु एउटै: ज्ञावाली

धनगढी : एमालेका उपाध्यक्ष युवराज ज्ञावालीले राजा फकाउँछौँ भन्नु र बिरेन्द्र शाहको बन्स फकाउँछौँ भन्नु एउटै रहेको बताएका छन् । एमाले सुदुरपश्चिम प्रदेश समितिले आयोजना गरेको बिशेष सभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञावालीले राजा फर्काउने कुरा सामान्य लागेपनि यसको कुनै सम्भावना नरहेको बताए । धनगढीमा आयोजित सभालाई पाटी महासचिव शकंर पोखरेल, सचिव लेखराज भट्ट लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।

बिशेष सभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञावालीले केही मण्डलेहरु भएको बिकासलाई समेत पछाडी धकेल्ने कुचेस्टाका साथ राजाका कुरा गरिरहेको भन्दै त्यो नेपाली जनताले स्वूकार्न नसक्ने दावी गरे । राजाको शासन र जनताको शासन बिच तुलना गर्न आग्रह गर्दै उपाध्यक्ष ज्ञावालीले राजाले जनतामाथी दमन बाहेक केही नगरेको बताए । फेरी पुर्व राजाले जनभावना बिपरित बोलेर देशमा अराजकता मचाउन खोजेको भन्दै उनले जनमतको कदर गर्न आग्रह गरे । बिभिन्न झुटा कुराले जनतालाई भड्काउन खोजिएको बताउँदै उनले सही गलत छुट्याएर मात्र निर्णय लिन आग्रह गरे ।

Galaxy

राजाको कालमा कति बाटा पिच थिए, अहिले कति छन् उनले भने “राजाको पालामा के के अधिकार पाउनुभएको थियो, अहिले के छन्, यि कुरा हेर्नुस, त्यसैले राजा फर्काउनु भनेको पिच भएका बाटापनि कच्चीनै बनाउनु सरह हो, पाएका अधिकार पनि सबै गुमाउनु सरह हो, यस्ता राजा भन्दै हिन्ने मण्डलेका पछाडी नलाग्नुहोला, हामीले अगाडी बढ्ने हो पछाडी हेर्ने होइन ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार