सेती नदीमा बेपत्ता भएका युवकको शव फेला

धनगढी : डोटीमा सेती नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

जिल्लाको शिखर नगरपालिका–४ बनोली बस्ने गणेश महराका १९ बर्षिय छोरा नरेश महराको शव फेला परेको प्रहरीले जनाएको छ। महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका थिए। स्थानीय र प्रहरीको सहकार्यमा शुक्रवार खोलामै युवकको शव फेला परेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको बताइएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार