बैतडीको कोदोखेती प्रवर्धनका लागि प्रदेश सरकारको अनुदान

बैतडी : बैतडीको शिवनाथमा कोदोखेती प्रवद्र्धनका लागि प्रदेश सरकारले किसानलाई चार लाख अनुदान दिने भएको छ। नेपालको परम्परागत रैथाने बालीका रूपमा रहेको कोदो पछिल्लो समय हराउँदै गएको छ। नगदेबालीतर्फको आकर्षण, आधुनिक खेती प्रणाली र जलवायु परिवर्तनका कारण यो बालीको खेती घट्दै गएको छ।

कोदोको महत्व बिर्सेका किसान अहिले नगदेबालीतर्फ आकर्षित भएका दोगडाकेदार–३ श्रीकोटका ६८ वर्षीय नन्दराज भट्टले बताए। उनले भने, “कोदोको महत्व बिर्सेका किसान अहिले अन्य नगदेबाली आलु, अदुवा र तरकारीखेतीतर्फ आकर्षित भएका छन्। जस्ले गर्दा कोदोजस्ता परम्परागत बाली लोप हुँदै गएको छ।

Seti Hospital

यसैबिच जिल्लाको शिवनाथ गाउँपालिकाले कोदोखेती प्रवद्र्धन गर्न किसानलाई चार लाख अनुदान दिने भएको छ। गाउँपालिकामा पछिल्लो समय कोदोखेती घट्न थालेपछि किसानलाई अनुदान दिएर खेती प्रवर्धन गर्न लागिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए।

कोदोखेती प्रवद्र्धनका लागि प्रदेश सरकारबाट गाउँपालिकालाई चार लाख बजेट प्राप्त भएपछि सूचना जारी गरेर किसानबाट आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए। कोदोखेती गर्ने किसानले प्रतिरोपनी ७०० का दरले अनुदान पाउने जनाएको छ।

गाउँपालिकाले यसअघि गर्भवती आमाहरूलाई कोसेलीका रूपमा कोदोको पिठो दिने निर्णय गरेको थियो। कोदो लगाउने चलन हराउँदै जान थालेपछि किसानलाई उत्प्रेरणा दिन कोदोमा अनुदान कार्यक्रम सुरु भएको गाउँपालिका अध्यक्ष साउदले बताए।

उनले पालिकाभित्रका विद्यालयमा दिवा खाजाका रूपमा विद्यार्थीलाई कोदोका परिकार बनाएर खुवाउने निर्णय भएको बताए। आधुनिकतासँगै गाउँमा विभिन्न कम्पनीले उत्पादन गरेको चामल, चाउचाउ र चाउमिन भित्रिएपछि खानपिनमा परिवर्तन आएको छ।

कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायक खाद्यान्न रहेको स्वास्थ्यकर्मीले बताएका छन्। प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने कोदोको प्रयोगले विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास हुने गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार