धनगढी : सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा हिजो चैत्र २७ गते सम्पन्न भएको निर्वाचनको मतगणना कार्य सुरु भएको छ।
अहिले दिउँसो १ बजे सर्वदलिय बैठक बसि संगठन र उम्मेदवारहरु बिचको सहमति अनुसार दिउँसो १:३० बजेबाट मतगणना कार्य सुरु गर्ने भनिए पनि केहि ढिलो गरि अहिले २:३० बजेबाट सुरु भएको हो ।
स्ववियु निर्वाचन कार्यालयका अनुसार हिजो सम्पन्न भएको निर्वाचनमा कैलाली बहुमुखी क्याम्पसमा २ हजार ५७ मत खसेको थियो । स्ववियु निर्वाचनमा प्रमुख पद र सदस्य गरि विभिन्न ११ वटा संगठन र समुहबाट ६१ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दनुहोस्