कैलालीमा स्कुलको अफिस सहित तीन स्थानमा आगलागी

धनगढी : कैलालीमा एक स्कुलको अफिस सहित तीन स्थानमा आगलागी भएको छ।

जिल्लाको जोशीपुर गाउँपालिका–७ घैला बौनियास्थित होलिल्याण्ड पब्लिक स्कुलको अफिस लगायत तीन स्थानमा आगलागी भएको छ।  बौनियास्थित होलिल्याण्ड पब्लिक स्कुलमा तीन वटा कोठामा करेन्ट सर्ट भई सोमवार बिहान आगलागी भएको छ। उक्त आगलागीबाट भएको क्षतिको विवरण भने हाल नखुलेको प्रहरीले जनाएको छ।

Galaxy

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१४ सी गाउँ बस्ने निशा शाहीको गोठमा सोमवार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ। यसैगरी कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी बस्ने ५५ वर्षीय कृष्ण मडैको गोठमा सोमवार दिउँसो आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार