सेटिङ नमिलेकै कारण कुलमान हटाइयो, सरकारको नियत स्पष्ट हुँदैछ — सांसद हरि ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्नु सरकारको नियोजित चाल भएको आरोप लगाएका छन्।

बुधवार संघीय संसद परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद ढकालले ऊर्जा मन्त्रालय र प्राधिकरणबीच ‘सेटिङ’ नमिलेको कारण घिसिङलाई हटाइएको दाबी गरे। “उहाँकै कार्यकालमा प्राधिकरणले १२ अर्ब रुपैयाँ नाफा कमाएको हो, कार्यसम्पादन राम्रो नभएको भन्ने आधार छैन,” — उनले भने।

Seti Hospital

उनका अनुसार सरकारको वास्तविक उद्देश्य ट्रंकलाइन र डेडिकेटेड लाइनमार्फत हुने महसुल नउठाउने रणनीति हो। “प्रधानमन्त्री भएपछि उद्योगहरूको लाइन पैसा नतिरी जोड्न निर्देशन दिइयो, कुलमानले काट्न खोज्दा पुनः जोड्न लगाइयो,” सांसद ढकालले भने, “सरकारको सेटिङ महसुल नउठाउनेतर्फ छ, अब सबै थाहा हुँदै जान्छ।”

उनले यस्तो निर्णय आफ्नो र पार्टीको लागि स्वीकार्य नहुने स्पष्ट पार्दै कुलमानको बर्खास्तीलाई ‘कायरताको राजनीति’को संज्ञा दिए।

कुलमान घिसिङको कार्यसम्पादन, लोकप्रियता र प्राधिकरणमा देखिएको नाफालाई बेवास्ता गर्दै सरकारले पदमुक्त गर्नु पछाडिको नियतप्रति प्रश्न उठाउँदै सांसद ढकालको टिप्पणीले यो विषय अब संसद र सडकमा थप बहसको केन्द्र बन्ने संकेत देखाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार