इजरायलको तेल अभिभमा हमासको तीनवटा रकेट आक्रमण

एजेन्सी : प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायली आक्रमणको जवाफ दिँदै तेल अभिभमा तीनवटा रकेट आक्रमण गरेको छ।

इजरायलले गाजामा पुनःसैन्य आक्रमण शुरू गरेपछि हमासले यो पहिलो प्रतिकारात्मक आक्रमण गरेको बताएको छ। तर इजरायलले तीनमध्ये एउटा क्षेप्यास्त्रलाई रोकेको र बाँकी क्षेप्यास्त्रहरू बस्तीमा खसेको बीबीसीले जनाएको छ। क्षतिको विवरण भने खुलाइएको छैन्।

SHIKHAR COOL TECH

इजरायलले गएको मङ्गलवार पुनः युद्ध शुरू  गरेपछि दुई सयभन्दा धेरै बालबालिकासहित कम्तीमा पाँच सय ९१ जनाको ज्यान गएको हमासले गाजामा सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायली सेना (आईडीएफ) ले प्यालेस्टिनी क्षेत्रमा हवाइ आक्रमणपछि हिजोदेखि भूमिगत कारबाही पनि शुरू गरेको थियो।

जनवरीमा इजरायल र हमासबीच युद्धविराम शुरू भएपछि आक्रमणबाट केही समय राहत मिलेको थियो। तर फेरि आक्रमण हुनथालेपछि स्थिति असामान्य बन्दै गएको देखिन्छ।इजरायलले अझै पनि हमासले ५९ जनालाई बन्धक बनाएको र उनीहरुमध्ये २४ जना जीवितै रहेका दाबी गरिरहेको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार