कैलालीको गोदावरी नगरपालिकाका हाकीम भट्टको सरुवा

धनगढी : कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टको सरुवा भएको छ।

भट्टको कञ्चनपुरको बेदकोट नगरपालिकामा काज सरुवा भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै भट्टलाई बेदकोट नगरपालिकामा कामकाजमा खटाईएको जनाएको छ। २०८० असोज ८ गते हाजिरी भएका भट्ट करिब १८ महिना गोदावरीमा कार्यरत रहेका थिए। भट्टको सरुवा भएसँगै नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको छ।

मन्त्रालयले भट्टको ठाउँमा अन्य कर्मचारी तोकेर पठाएको छैन। यस्तै नगरपालिकामा कार्यरत लेखापाल दिल बहादुर सिँहको स्थानमा प्रकाश भट्ट आउने भएका छन। कोष तथा लेखा नियन्त्रण कार्यालयमा कार्यरत भट्ट लेखापालको रुपमा गोदावरीमा आउन लागेको नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार