बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले कार्यालय प्रमुखहरूलाई विशेष काम वा तालिम बाहेक जिल्ला नछोड्न निर्देशन दिएको छ। चैत्र ५ गते बसेको कार्यालय प्रमुखहरूको बैठकमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सेवा प्रवाहमा अवरोध नहोस् भनेर यस्तो निर्देशन दिएका हुन् ।
दुई(तीन महिना कार्यसम्पादनका लागि महत्त्वपूर्ण समय भएकाले तालुक निकायका कार्यक्रममा सहभागी हुनुपरेमा पूर्वजानकारी गराएर वा काममा बाधा नपुग्ने व्यवस्था मिलाएर मात्र जान आग्रह गरिएको छ ।
त्यस्तै, सरकारी साधनको दुरुपयोग रोक्न कार्यालयले कडाई गर्ने निर्णय गरेको छ। सरकारी कार्यबाहेक सवारी साधन प्रयोग गर्नुपरेमा शनिबार वा विदाको दिन कारण खुलाएर सवारी पास लिन अनिवार्य गरिएको छ ।
साथै, आगलागीका घटनाहरू बढ्ने समय भएकाले आवश्यक जनशक्ति तथा स्रोत(साधन तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ ।
प्रतिक्रिया दनुहोस्