अत्तरिया उद्योग वाणिज्य संघलाई विधानअनुसार काम गर्न आदेश

धनगढी : अत्तरिया उद्योग वाणिज्य संघलाई विधानअनुसार काम गर्न दिन उच्च अदालत दिपायलले आदेश दिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीको नाममा परमादेश जारी गर्दै उच्च अदालतले विधान बमोजिम काम गर्न दिन आदेश दिएको हो। प्रादेशिक महोत्सवका बेला टिकट बिक्रिमा अनियमितता गरेको आरोपमा मुछिएपछि अत्तरिया उद्योग वाणिज्य संघका केही सदस्यले राजीनामा बुझाएका थिए। ५ मंसिरमा संघका ११ जनाले राजीनामा दिएका थिए।

त्यसपछि संघले २८ पुसमा ६ जना सदस्य मनोनित गरेको थियो। तर उद्योग वाणिज्य संघले विधान विपरीत सदस्य मनोनित गरेको ठहर गर्दै सदस्य मनोनयन गर्ने निर्णय समेत बदर गरेको छ। संघका नाममा परमादेश जारी गर्दै उच्च अदालतले संस्थाको विधान बमोजिम सदस्य र पदाधिकारी पदपूर्ति गर्न गर्न समेत आदेश दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार