ऐश्वर्य क्याम्पसमा फर्जी भाेट हाल्न बुथमा पुगेका विद्यार्थी पक्राउ

धनगढी : धनगढीकाे ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी भाेट हाल्न मतदान केन्द्रमा पुगेका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डाेटीकाे शिखर नगरपालिका-४ बस्ने २५ वर्षीय भाेजराज भट्ट रहेकाे कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बाेहराले जानकारी दिए ।

khadya

उनकाअनुसार उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी भएकाे खुलेकाे छ ।

फर्जी मत हाल्न मतदान केन्द्रमा पुगेपनि मत खसाल्न नपाउँदै उनलाई पक्राउ गरिएकाे डीएसपी बाेहराले बताए ।

उनी पक्राउ परेपछि एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनमा फर्जी मतदान गरेर धाधली गरेकाे आराेप लगाएको छ ।

निर्वाचन केन्द्रमा खटिएका नेपाली कांग्रेस निकट प्राध्यापकहरूले  चुनावमा नेविसंघका उम्मेदवार जिताउन फर्जी मतदान गराउन भूमिका खेलेकाे भन्दै छानबिनकाे माग गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार