भासु भीरमा कार दुर्घटना, एक महिला घाइते

धनगढीः कैलालीको भासु भीरमा कार दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्।

जिल्लाको चुरे गाउँपालिका–५ मा पर्ने भासु भीरमा आइतवार बिहान सुदूूरपश्चिम प्रदेश ०१००२ च १०६२ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो।दुर्घटनामा कारमा सवार गोदावरी नगरपालिका–२ की २४ वर्षीया निर्मला नाथ घाइते भएकी प्रहरीले जनाएको छ। उनको अत्तरियामा उपचार भइरहेको छ।

कार चालक गोदावरी नगरपालिका–२ बस्ने ४० वर्षीय धिरबहादुर महरासहित कारमा सवार अन्य तीन जना भने सकुशल रहेका जिल्ला प्रहरी कर्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार