बैतडी : चैत महिनाको आगमनसँगै सुदूरपश्चिमका विभिन्न जिल्लामा भिटौलो पर्व सुरु भएको छ। बैतडी र दार्चुलालगायत जिल्लाहरूमा परम्परागत रूपमा माइती पक्षले छोरी-बहिनीलाई भेट्ने यो पर्व मनाउँदै आएका छन्। संस्कृतिका जानकार घनश्याम लेखकका अनुसार पहाडबाट तराईमा बसाइ सरेकाहरूले पनि यो चलनलाई निरन्तरता दिँदै आएका छन्।
दार्चुलाका गंगासागर जोशीले भिटौलो पर्वमा छोरी-बहिनीको घरमा मिठो-मसिनो पकाएर जाने र सुख-दुःख साट्ने चलन रहेको बताए। यो परम्परागत चाडले दाजुभाइ र दीदीबहिनीबीचको आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँछ। माइती पक्षले छोरी-बहिनीको सुख-दुःख बुझ्नका लागि यो महत्त्वपूर्ण अवसर मानिन्छ।
व्यापारीहरूका अनुसार, भिटौलोका कारण चैत महिनामा बजारहरूमा चहलपहल समेत बढ्ने गरेको छ।
प्रतिक्रिया दनुहोस्