धनगढीमा मार्बलको काम गर्नेहरू मासिक ७५ हजारसम्म कमाउदै

धनगढी: कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका रोशन चौधरी ८ वर्षदेखि धनगढीमा टायल र मार्बलको काम गर्दै आएका छन्।

चौधरीले सुरुका वर्षहरूमा कामदारको रूपमा काम गरे। पछिल्ला वर्षहरूमा उनीसँग पाँच जनाको समूह छ। आफ्नै उपकरणहरू छन्। दैनिक मार्बल र टायल लगाउने काममा उनीहरू वेस्त हुन्छन। दैनिक उनको आम्दानी २ हजार पाँच सय रुपैयाँसम्म छ। उनले भने, ‘मेरो काम गर्न थालेको ८ वर्ष भयो। प्रमाणपत्रका लागि सिप तथा रोजगार मेलामा आएको हो। राम्रो आम्दानी भएको दिनमा कामदार र मेसिनको कटाएर २५ सय हुन्छ। कामदारहरूले पनि एक हजारदेखि १५ सय कमाउछन्।

khadya

रोशन चौधरी परिवारसहित धनगढीमा बस्दै आएका छन्। गदरियामा उनले पक्की घर लगाएका छन्। सन्तानहरूलाई धनगढीमा पढाउदैछन्। दैनिक २ हजार पाँच सय रुपैयाँ आम्दानी गर्ने चौधरीका सहयोगीहरूले पनि एक हजार दैनिक कम्तीमा कमाउछन्। मार्बल र टायलको उनीहरू २५ देखि ६० रुपैयाँ स्क्वायर फिटमा काम गर्दै आएका छन्। चौधरीको समूहले धनगढीमा खाली बस्नु परेको छैन। उनीहरू दैनिक वेस्त हुन्छन्। चौधरीले भने, ‘काम नपाउने भन्ने छैन। तर, काम कम भएको समयमा २२ रुपैयाँमा पनि काम गरेका छौ। तर, २५ देखि ६० रुपैयाँसम्म रेट हो।

धनगढीमा मासिक ७५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका चौधरीको समूह फेरि सिप सिक्दैछ। धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप तथा रोजगार मेलामा उनीहरू प्रमाणपत्रका लागि सिप सिक्दैछन्। तीन महिलासहित २५ जनाको समूहले मार्बल तथा टायल लगाउने सिप सिक्दै आएका प्रशिक्षक गंगादत्त भट्टले बताए। उनले काम गर्दै आएकाहरू पनि सिप सिक्न आएको बताए। प्रमाणपत्रका लागि उनीहरू आएको भट्टले बताएका छन्। भट्टले भने, सिप सिकेर काम नपाउने भन्ने हुँदैन। तर, सधै काम नहुन पनि सक्छ। काम भएको समयमा आफ्नो मासिक ज्याला निकाल्नु सक्नुपर्छ। खर्च कटाएर नाफा आउने हो। दैनिक एक/दुई हजार कतै जाँदैन।’

धनगढीमा आधुनिक घरहरू निर्माण हुँदै आएका छन्। घर तथा भौतिक संरचनाहरू आधुनिक निर्माण भएसँग टायल तथा मार्बलको काम अनिवार्य जस्तै भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार