सुदूरपश्चिमका यी ११ क्याम्पसमा निर्विरोध स्ववियू नेतृत्व, कहाँ को ?

धनगढी: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनअन्तर्गत सुदूरपश्चिमका ११ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ। कतै विभिन्न विद्यार्थी संगठनबीच पद बाँडफाँट गरेर त कतै एकल उम्मेदवारी परेकाले प्रतिस्पर्धा बिना नै नेतृत्व चयन भएको हो।

सुदूरपश्चिमका ११ क्याम्पसमध्ये ६ मा अनेरास्ववियु, ३ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) र २ मा अखिल (क्रान्तिकारी) का उम्मेदवार निर्विरोध सभापति चुनिएका छन्।

khadya

दार्चुलामा पाँच क्याम्पसमा भागबन्डा

दार्चुलामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै पाँच क्याम्पसमा विद्यार्थी संगठनहरूबीचको सहमतिअनुसार स्ववियू समिति निर्विरोध चयन गरिएको छ। अखिल, नेविसंघ र अखिल (क्रान्तिकारी) बीच भएको सहमतिअनुसार नेविसंघले दुई, अखिलले दुई, र अखिल (क्रान्तिकारी) ले एक क्याम्पसको नेतृत्व लिएका छन्।

अखिलका जिल्ला अध्यक्ष नरेन्द्र जोशीका अनुसार लटीनाथ क्याम्पस, मार्मामा रुकेश बिष्ट र कृष्ण स्नातक क्याम्पस, लालीमा ओमकार पाल अखिलबाट निर्विरोध सभापति चयन भएका छन्। त्यस्तै, अपिनम्पा क्याम्पस, हुतीमा शेरबहादुर बम र राष्ट्रिय क्याम्पस, दत्तुमा लिलु भट्ट नेविसंघबाट निर्विरोध सभापति चयन भए। शंकरपुर क्याम्पस, दार्चुलामा अखिल (क्रान्तिकारी) की जानकी टमटा सभापति चयन भएकी छन्।

अन्य क्याम्पसमा पनि सहमति

बझाङको सेती क्याम्पसमा अखिलका दीपेन्द्र दौल्याल, बैतडीको नवप्रभात संयुक्त क्याम्पसमा अखिलकै सपना चन्द, बैतडीकै शिक्षा क्याम्पसमा अखिलका अक्बर चन्द, र बाजुराको बुदिनन्दा क्याम्पसमा अखिलकै भाष्कर शाही निर्विरोध सभापति चयन भएका छन्।

अछामको साँफेबगरस्थित त्रिपुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका कमल कुँवर निर्विरोध सभापति चुनिएका छन्। कुँवर यसअघि पनि सभापति भइसकेका थिए।

बझाङको शान्ति आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) का बम धामी निर्विरोध निर्वाचित भएका छन्।

सुदूरपश्चिमका ५३ कलेजमा स्ववियू निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत यहाँ ७६ कलेज भए पनि ५३ वटामा मात्र संगठन दर्ता भएकाले निर्वाचन प्रक्रिया ती कलेजमा मात्र सञ्चालन गरिएको हो।

यस पटकको स्ववियू निर्वाचनमा धेरै क्याम्पसमा प्रतिस्पर्धा नहुँदा चुनावी प्रक्रिया तुलनात्मक रूपमा सहज बनेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार