धनगढी : माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेशसिंह धामीले व्यवसाय सुरु गरेका छ्न ।
उनले कैलालीको धनगढी उपमहानगरपालिका-४ सहिदगेट हाटबजार नजिक ‘डायमण्ड सेकुवा घर’ सञ्चालनमा ल्याएका हुन ।
सेकुवा घरको बुधबार विधिवत उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका धामीले सेकुवा घरमा सस्तो मूल्यमा स्वादिष्ट बङ्गुर र बोइलर कुखुराको सेकुवा पाइने बताए ।
उनले सात लाख लगानीमा सेकुका घर सञ्चालनमा ल्याइएको बताउँदै ४ जनाले प्रत्यक्ष रोजगारी पाएको बताए ।
सेकुवा घरको उद्घाटन गर्दै प्रमुख अतिथि होटल व्यवसायी संघ कैलालीका अध्यक्ष एवं पर्यटन व्यवसायी केशव पाण्डेयले यस्ता प्रकारका व्यवसायले व्यवसायीलाई प्रोत्साहन गर्ने र रोजगारी सिर्जना हुने बताए ।
उनले पर्यटन मन्त्रीसमेत भइसकेका धामीले साना तथा मझौला व्यवसायलाई प्रोत्साहन हुने गरि व्यवसाय सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै व्यवसाय सफलताको शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दनुहोस्