धनगढी : डडेलधुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) विरुद्ध अन्य सबै विद्यार्थी संगठन एक भएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेवीसङ्घविरुद्ध सबै सङ्घगठन एक भएका हुन् । नेवी संघले गौरव ऐरलाई सभापतिको उम्मेदवार बनाएको छ। नेविसङ डडेलधुराका अध्यक्ष पवन ऐरले कुनै पनि संगठन गठबन्धन नगरी एकल रुपमा चुनावी मैदानमा उत्रिएको बताए ।
यता नेवीसंघविरुद्ध नेपाल विद्यार्थी सङ्घ (बीपी)को नेतृत्वमा संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ। उक्त प्यानलबाट सभापतिमा नेवीसङ्घ (बीपी) को मदन बोहरा उम्मेदवार छन् । सचिवमा अनेरास्ववियुका रजन कौनी, कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)का जयकला बिक उम्मेदवार रहेका छन्। सभापतिमा उम्मेदवार बोहराले बुधबार पत्रकार सम्मेलन गर्दै शिक्षाको गुणस्तर सुधार गर्ने आफ्नो प्रमुख एजेण्डा भएको बताए।
यस्तै कर्ण धामीको नेतृत्वमा स्वतन्त्र प्यानल पनि चुनावी मैदानमा उत्रिएको छ। धामीले आफ्नो टिममा अधिकांश बैतडी घर भएका विद्यार्थीलाई उम्मेदवार बनाएका छन्। डडेलधुरा बहुमुखी क्याम्पसमा बैतडीका विद्यार्थीहरूको सङ्ख्या उल्लेख्य भएकोले निर्वाचनको नतिजामा धामीले प्रभाव पार्ने आकलन गरेको छ।
चैत ५ गते हुने निर्वाचनमा ५५२ विद्यार्थीहरू मतदाता रहेको निर्वाचन समितिले जनाएको छ। संयुक्त प्यानलका तर्फबाट सभापतिका उम्मेदवार रहेका बोहरा ०७९ चैतमा भएको सोवियु निर्वाचनमा पराजित भएका थिए।
उक्त निर्वाचनमा नेवीसङ्घको प्यानल नै विजयी भएको थियो। सभापतिमा नेवी सङ्घका दुर्गा भट्ट ३१० मतसहित विजयी हुँदा उनका प्रतिद्वन्दी बोहराले १०७ मत पाएका थिए। डडेलधुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो।
प्रतिक्रिया दनुहोस्