धनगढी : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनअन्तर्गत सुदूरपश्चिमका ११ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ। विभिन्न संगठनबीच सहमति र एकल उम्मेदवारीका कारण निर्विरोध नेतृत्व चयन भएको हो। ११ क्याम्पसमध्ये छमा अनेरास्ववियू, तीनमा नेविसंघ, र दुईमा अखिल (क्रान्तिकारी) का सभापति चयन भएका छन्।
दार्चुलाका पाँच क्याम्पसमा नेविसंघ, अखिल र अखिल क्रान्तिकारीबीच भागबन्डा गरी नेतृत्व चयन गरिएको छ। नेविसंघले दुई, अखिलले दुई, र क्रान्तिकारीले एक क्याम्पसमा सभापति पाएका छन्। लटीनाथ क्याम्पसमा रुकेश बिष्ट र कृष्ण स्नातक क्याम्पसमा ओमकार पाल अखिलबाट सभापति भएका छन्।
अपिनम्पा क्याम्पसमा शेरबहादुर बम र राष्ट्रिय क्याम्पसमा लिलु भट्ट नेविसंघबाट सभापति चयन भएका छन्। शंकरपुर क्याम्पसमा जानकी टमटा अखिल क्रान्तिकारीबाट निर्विरोध सभापति बनेकी छिन्। बझाङ, बैतडी, र बाजुराका क्याम्पसहरूमा पनि अखिलका उम्मेदवारहरू निर्विरोध सभापति बनेका छन्।
प्रतिक्रिया दनुहोस्