धनगढी : सुदूरपश्चिम प्रदेशसभा बैठकमा प्रतिपक्षी दलले विरोध गरेका छन् । १९ औँ प्रदेश सभाको बैठकमा उपस्थित प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरू उभिएर विरोध गरेका हुन ।
उनीहरूले सरकारलाई भार पर्ने गरी अनावश्यक रूपमा गरेका प्रदेश नीति तथा योजना आयोग लगायतका नियुक्तिहरू खारेज गर्नु पर्ने माग राखेका छन् ।
प्रतिपक्षीदलहरुको विरोधपछि प्रदेश सभाको बैठक स्थगित गरिएको छ । प्रतिपक्ष दलले अवरोध गरेको भन्दै सभामुखले सम्पूर्ण कार्यसूची बैठकबाट हटाएको जानकारी दिए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय वीर बहादुर थापाले केही उद्योग तथा बन सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक माथि सामान्य छलफल गर्ने कार्यसूचीमा राखिएको थियो ।
प्रतिक्रिया दनुहोस्