करातेमा बझाङ्गका ९ वर्षीय अन्सुले राखे विश्व रेकर्ड

बझाङ । बझाङको मष्टा गाउँपालिका १ कोटदेवलका ९ वर्षीय अन्सु खड्काले करातेमा विश्व रेकर्ड राखेका छन् ।

विगत लामो समयदेखि भारतको कर्नाटक राज्यको बैंगलोरमा बस्दै आएका अन्सुले फेब्रुअरी २५ मा सम्पन्न तामिलनाडु फिजिकल एजुकेशन एण्ड स्मार्ट युविभर्सिटी चेन्नईमा २२ सय जनासँगको प्रतिष्पर्धाबाट गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्न सफल भएका हुन् ।

Galaxy

अन्सुकी आमा ईश्वरीदेवि खड्काका अनुसार अन्सुले कराते खेल्न सुरु गरेको भर्खर २ वर्ष ८ महिना भएको छ । यति छोटो समयमै यो उपलब्धि हासिल गरेप्रति ईश्वरी निकै खुसी छिन् ।

आमा ईश्वरीसँगै बुवा बिक्रम बहादुर खड्का पनि छोराले प्राप्त गरेको उपलब्धिप्रति दंग छन् । उनले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न सफल आफ्नो छोरा सम्भवतः बझाङ जिल्लाकै पहिलो भएको बताएका छन् । अन्सुले यसअघि पनि विभिन्न ७ ठाउँमा गोल्ड मेडल जितिसकेका छन् ।

उनलाई एक्स्प्रेस वल्र्ड कराते मास्टर्स एसोसिएशन (WKMA) ले प्रमाणित गर्दै उनलाई प्रमाण पत्र सहित सम्मान गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार