पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउदै !

धनगढी : नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने भएका छन। काँग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा धनगढी आउने भएका हुन।

काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि साेमवार बिहान देउवा धनगढी आउने छन्। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत (डोटेली कान्छा)ले साेमवार बिहान सभापति देउवा, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको बताए।

SHIKHAR COOL TECH

नेपाली काँग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, सह–महामन्त्री महालक्ष्मी उपाध्याय (विना) लगायतका नेताहरू आइतवार नै धनगढी आउने उनले बताए। धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ।

पार्टी सभापति देउवाले मङ्गलवार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्ने छन्। नेपाली काँग्रेसले सुदूरपश्चिमका प्रशिक्षकहरूलाई प्रशिक्षण दिने भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार