सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन संशोधनको माग

धनगढी : थारू समुदायले सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन संशोधनको माग गरेको छ। जनसङ्ख्या अनुसार समानुपातिक प्रतिनिधित्त्व हुने गरी आरक्षण कोटा बढाउनु पर्ने अडानसहित ऐन संशोधनको माग गरिएको हो।

ऐन संशोधनको मागसहित थारू र रानाथारू समुदायका अगुवाले विभिन्न समय आन्दोलन गर्दै आएका छन्। अगुवाको आज बसेको बैठकले प्रदेश लोकसेवा आयोगले निकालेको नवौं तहको विज्ञापन तत्काल स्थगन गर्नसमेत माग गरेको छ। 

Galaxy

धनगढीमा बसेको बैठकले ऐन संशोधन र विज्ञापन स्थगनको माग गर्दै थारू कल्याणकारिणी सभा कञ्चनपुरका सभापति सानु चौधरीको संयोजकत्वमा प्रदेश स्तरीय थारू/रानाथारू आन्दोलन परिचालन समिति गठन गरेको छ। 

समितिले तय गरेको आन्दोलनका कार्यक्रम आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने थारू कल्याणकारिणी सभा कैलालीका पूर्व उपसभापति माधव चौधरीले जानकारी दिए। यसैगरी, बैठकले स्थानीय तहमा कार्यरत करारका कर्मचारीलाई स्वतः स्थायी बनाउने गरी प्रदेश सरकारले बनाउन लागेको कानुनको विरुद्धमा उत्रेका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता पनि जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार