सिरियाली सैनिकमाथि १६२ जनाको ह*त्या गरेको आरोप

एजेन्सी : सिरियाली सैनिकमाथि तटीय प्रान्त लताकियामा अलावी अल्पसंख्यक समुदायका १६२ जनाको ह*त्या गरेको आरोप लागेको छ। बेलायतस्थित सीरियन अब्जरभेटरी फर ह्युमन राइट्स समूहले सिरियाली सैनिकले गस्तीका क्रममा यो क्षेत्रका १६२ नागरिकको हत्या गरेको बताएको छ। मारिनेमा १३ महिला र ५ बालबालिका पनि छन्। 

यो क्षेत्र सिरियाका अपदस्थ राष्ट्रपति बशर अल असदको गढ मानिन्छ। असदसमेत त्यहाँको अल्पसंख्यक अलावी समूदायका हुन्। सिरियाको आन्तरिक मन्त्रालयले लताकियामा सरकारी सेनाबाट गल्ती भएको र त्यसलाई सुधार्ने प्रयास भइरहेको बताएको बीबीसीले जनाएको छ। बसर अल असदलाई गत डिसेम्बरमा सत्ताच्युत गरेर सिरियाको नेतृत्व गरेको नयाँ सरकारले केही दिनअघि असदको क्षेत्रमा सैन्य अभियान शुरु गर्ने बताएको थियो। 

Galaxy

समाचार एजेन्सी रोयटर्सका अनुसार अन्तरिम राष्ट्रपति अहमद अल-शराले अपदस्थ असद शासनका अवशेष खोजेर उनीहरुविरुद्ध मुद्दा चलाउने बताएका थिए। त्यसको केही समयमै लताकिया क्षेत्रमा असद समर्थक सरकारी सेनाको आक्रमणमा मारिएका हुन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार